सप्तरंगी साहित्य समाज नेपाल प्रदेश १ को दोस्रो वार्षिक उत्सव कार्यक्रम हुने – Nagarikabhiyan : National News

सप्तरंगी साहित्य समाज नेपाल प्रदेश १ को दोस्रो वार्षिक उत्सव कार्यक्रम हुने

सुनसरी सदरमुकाम इनरुवामा सप्तरंगी साहित्य समाज नेपालको दोस्रो वार्षिक उत्सव कार्यक्रम हुने भएको छ । साहित्यकारहरुको संस्था रहेको समाजको दोस्रो वार्षिकउत्सवसगैं पुस्तकको लोकार्पण , कविताको छायांकन पर्दशन सम्मान तथा दशैको शुभकामना आदानप्रादन कार्यक्रम गर्ने भएको हो । विहाबार भोली कार्यक्रम गर्न लागेको समाजको प्रदेश १ संयोजक रमेन्द्र कोईरालाले जानकारी दिनुभयो । कार्यक्रममा कृति विमोचन सहित इनरुवा तथा वरिपरिका साहित्यकारहरूले रचनाबान तथा मन्त्वय राख्ने जनाएको छ । कोईरालाले कार्यक्रममा सहभागी हुन सहित्यकार र पत्रकारहरुलाई हार्दिक निम्तो गरेको पनि जानकारी दिनुभयो । कार्यक्रम सप्तरंगी साहित्य समाज नेपाल प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका र सृजनामा इनरुवाको सहयोग रहेको छ भने मिडिया पार्टनरमा सत्य संसार साप्ताहिक पत्रिका, वर्णमाला दैनिक र नागरिक अभियान डटकम रहेको कोईरालाले जानकारी दिनुभयो ।