लौका सेवन गर्नूस्, यस्ता छन् फाइदाहरू
२३ आश्विन २०७८, शनिबार १३:२८
सब्जीको रुपमा प्रयोग गरिने लौका प्राय सबैको भान्समा प्रयोग हुँदै आएको छ । यो प्राय सबैजसो ठाउँमा उत्पादन हुन्छ । हामीले प्रतिदिन ताजा महसुस गर्नेको लागि मसला या नुन मिसाएर लौकाको जुस पिउन सकिन्छ । लौकाको सेवन गर्ने गर्नाले शरीरको तौललाई छिटो कम गर्नमा सहयोग छ । लौकाले पाचन सम्बन्धी समस्याको पनि उत्तम समाधान गर्छ । साथै यो एसिडिटीमा पनि लाभदायी छ ।
लौकालाई भोजनमा सामेल गर्नाले पाचन क्रिया राम्रो हुन्छ । डाइबिटिजका रोगीका लागि लौका सेवन एक प्रभावकारी उपाए हो । लौकाले शरीरमा सोडियमको मात्रालाई कम गर्न सहयोग गर्छ । तसर्थ मुत्र सम्बन्धि समस्याको लागि पनि लौका खानु राम्रो उपाय हो।
लौकाको नियमित सेवनले छालामा प्राकृतिक चमक आउछ । जसले गर्दा शरीर आकर्षक देखिन्छ । गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक–पटक गर्भपतन हुने महिलाले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।
लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया