धेरै गुलियो खाने बानी छ ? स्वास्थ्यमा देखा पर्छ यस्ताे समस्या – Nagarikabhiyan : National News

धेरै गुलियो खाने बानी छ ? स्वास्थ्यमा देखा पर्छ यस्ताे समस्या

सामान्यतया गुलियो सबैलाई मन पर्दछ । कोही कोही त गुलियो भने पछि हुरुकै हुने गर्दछन् । गुलियो ठूलो मान्छेको तुलनामा बच्चाहरुलाई बढी मन पर्दछ । तर, के हामीलाई थाहा छ रु धेरै मात्रामा गुलियो खाने गर्दा गुलियो विष पनि बन्न सक्छ । गुलियो खानेकुरा खानाले तत्कालै असर नगरे पनि पछि ठूलो समस्या गर्न सक्छ ।

धेरै गुलियो खाने कुरा खाँदा स्वास्थ्यमा पर्ने समस्याहरु 

– लगातार अत्याधिक गुलियो परीकार खाए थकान महसुस हुन्छ । यस्तो भए शरीरमा ब्लड सुगरको मात्रा बढेको हुन सक्छ ।

– जति धेरै गुलियो खाइन्छ, त्यति खाने चाहना बढ्दै जाँदा सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्ने गर्दछ । साथै शरीर र मष्तिक बोधो हुँदै जान्छ ।

– अत्याधिक गुलियो खाँदा छाला सुक्खा हुन्छ ।

–धेरै गुलियो खानेकुराले मुड निराश र चिन्तित हुने गर्दछ । अझ कतिपय अवस्थामा गुलियोले मानिसलाई बढी आक्रामक र आवेगात्मक बनाउँछ ।

– गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाउने भएकाले दीर्घ रोग र बारम्बार रूघा लाग्ने सम्भावना बढाउँछ । चिनी वा गुलियो धेरै भएको खानाले खोकीसमेत लाग्न सक्छ ।

– नियमित गुलियो खाँदै गर्दा अस्वाभाविक रूपमा तौल बढ्ने गर्दछ । गुलियोले आमाशयमा समेत असर गरी तौल घट्नबाट रोक्छ ।