इटहरीका नगरप्रमुख विरुद्ध खनिए महिला अधिकारकर्मी – Nagarikabhiyan : National News

इटहरीका नगरप्रमुख विरुद्ध खनिए महिला अधिकारकर्मी

सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले महिलालाई होप्ने गरी र दुव्र्यवहार गर्ने गरी कार्य गरेको भन्दै महिला अधिकारकर्मीहरुले विरोध जनाएका छन् । भदौ ३० गते भएको सिफारिसको विषयमा बादबिवादमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले महिला सहयोगी समूहकी सचिव सिता शेर्पा राई र सदस्य सर्मिला भट्टराईलाई पािलकाको सेवा सिफारिस लिन गएको समयमा महिला समुदायलाई तथानाम गाली र अपश्वदहरु बेलेर नगर प्रहरी बोलाई होप्ने गरी व्यवस्थार र दुव्र्यवहार सहित धम्कयाउने गर्ने गरी कार्य गरेको भन्दै दर्जन बढी संघसंस्थाहरुले विरोध जनाएका छन् ।

विराध जनाएका महिलाहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत पठाएको छ । नगर प्रमुख चौधरीलाई माफी माग्न लगाउनुपर्ने होईन भने कडा अन्दोलन गर्ने चेतावनी सहितको ध्यानाकर्षण पत्र सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेललाई बुझाएकोमा माथि पठाईदिने प्रशासनले प्रतिकृया दिएको अधिकारकर्मी विमला घिमिरेले जानकारी दिनुभयो । प्रदेश १ को दुई मध्ये एक बहुचर्चित उपमहानगरपालिका इटहरीका प्रमुख द्धारिकलाल चौधरीको व्यवहार महिलाको अधकिार र महिला माथिको हस्तक्षेप समेत भएकाले कार्वाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले ध्यानाक्रर्षण पत्र बुझाएका छन् ।
महिला अधिकारकर्मीहरुले बुझाएको ध्यानाक्रर्षण पत्रमा नगर प्रमुख चौधरीको व्यवहार र बोलीले देवानी फैजदारी सहिंताको विपरित संकेत गरेकाले यस्तो अपशव्द प्रयोग गर्ने व्यक्तिलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने, अगामी दिनमा यस्तो शव्द र व्यवहार नगर्ने कोही कसैको आत्मसम्मानमा चोट पुग्ने कार्य नगर्ने प्रतिवद्धताका साथ नेपाली महिलाहरु समक्ष माफि माग्नुपर्ने माग गरेका छन् । ध्यानाक्रर्षण पत्र बुझाउनेहरुमा महिला सहयोगी समूह, प्रोत्साहन नेपाल, महिला पुनरस्थापना केन्द्र(ओरेक) तान नेपाल, जागृति महिला महासंघ, यौनिक तथा अल्पसंख्यकहको महासंघ, दिगो सामाजिक विकासका लागि मित्रता, नारी चेतना समाज नेपाल, महिला मञ्च, महिला मानव अधिकार रक्षक संजाल, सिक्सा सुनसरी, गैरसरकारी संस्था महासंघ, जनचेतना संस्था सहितका दर्जन बढी संघसंस्था रहेका छन् ।