पशुपतिमा गरि आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर – Nagarikabhiyan : National News

पशुपतिमा गरि आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौँ । हिन्दुहरुको महत्वपूर्ण धार्मिकस्थल पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुलेको छ । मन्दिर बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको हो ।

नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि  पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको चहलपहल देखिएको छ ।

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । मन्दिरमा सामाजिक दूरी पालनाका लागि नियम कडा बनाइएको छ ।

२०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।

२०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो। विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो।