हराएका पुरुष मृत फेला – Nagarikabhiyan : National News

हराएका पुरुष मृत फेला

सुनसरीको धरान उपमहानगरपालिका ११ का एक पुरुष हराएको तीन दिन पछि मृत फेला परेका छन् । भदौ २ गते बराहक्षेत्र नगरपालिका–८ शुक्रवारेमा को. ११ प ४५३९ नम्वरको मोटरसाईकल सहित कोशीमा पसेर हराएका पुरुष मृत फेला परेको हो । सुनसरीको धरान उपमहानगरपालिका–११ सुनौलो मार्गका ४५ वर्षिय लक्ष्मण अधिकारी बेपता भएको तीन दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ । अधिकारीको मोटरसाईकल र नेपाली नागरिक्ता, सुसाईट नोट र अन्य बैकिंङ कागज पत्र फेला पारेको र सोही दिनदेखी हराई बेपत्ता भएको हुँदा प्रहरी खोजिकार्य जारी राखेको थियो । त्यसैक्रममा सप्तकोशी किनार ढुङ्गाप माथि खैरो रंगको ज्याकेट, कालो रंगको हाते झोला छ भन्ने खवर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्राप्त भएकाले प्रहरी टोलि खटागएको थियो । घटना स्थलमा रहेको झोला खोलि हेर्दा अधिकारीको रहेको शुक्रबार बिहान १०ः३० बजे हराएको स्थान देखि ३ किलो मिटर दक्षिण बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुर सप्तकोशी नदीको २६ नम्वर नोच नजिक मृत अवस्थामा फेला परेका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । मृतकको आफन्तलाई बोलाई कानूनी प्रकृया अघि वढाईएको जनाएको छ ।