एघार दिनदेखि अस्पतालको पिसिआर परीक्षण बन्द – Nagarikabhiyan : National News

एघार दिनदेखि अस्पतालको पिसिआर परीक्षण बन्द

राजविराज । बिगत एघारदिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा संचालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ ।

कोभिड १९ को तेश्रो लहर सुरु भएको अवस्थामा दैनिक रुपमा संक्रमित बढने क्रममा रहेको बेला पिसिआर परीक्षण रोकिदा सर्वसाधारण जनतालाई समस्या हुने गरेको जनाइएको छ ।

अस्पतालका ल्याव इन्चार्ज प्रकास कुमार यादवका अनुसार परिक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिर्पोट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालको लागि परिक्षण सेवा बन्द गरिएको बताउनुभयो ।

कोभिड १९ एन्टीजेन परिक्षणको टेष्ट जारी रहेको बताउदै पिसिआर मेसिनमा स्वाबको स्याम्पल लोड गर्दा मेसिनले राम्रो रिजलट दिन नसकेको उहाँले बताउनुभयो । उहाले भन्नुभयो प्रदेश नं. २ को अरु जिल्लाहरुमा प्रदेश सरकारले पिसिआर मेसिन दुई थान दिएको छ तर सप्तरी जिल्लाको लागि एउटा मात्रै पिसिआर मेसिन उपल्बध गराएकोले त्यो पनि बिग्रेपछि स्वाब संकलन कार्य समेत प्रभावित भएको छ ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजीतकुमार झाले पिसिआर मेसिनमा प्राविधिक गडबडी भएका कारण कोरोना भाइरसको स्वाब परीक्षण सञ्चालन हुन नसकेको जानकारी दिनुभयो । साथै बिग्रीएको पिसिआर मेसिनलाइृ बनाउनको लागि प्रदेश सरकारबाट बाई मेडिकल ईन्जिनियर ल्याउने तैयारी गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा.झाको भनाइृ छ । दैनिक २० देखि २५ जना परिक्षणका लागि जगेन्द्र नारायण सिँह अस्पतालमा आउने गरेको भएपनि यसरी पिसिआर मेसिन बिग्रीदा जिल्लामा कोरोनाको संख्या समेत बुझन समस्या हुने गरेको बताइएको छ । यसअघि साउन १२ गते पनि पिसिआर मेसिनमा गडवडि भएको कारण दुई दिन परिक्षण कार्य बन्द भएको थियो ।

प्राबिधिक ल्याएर मर्मत गराउदा सुचारु गराएका थिए । तर केही दिन चलेर अहिले फेरी पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिर्पोट केही नदिने भएपछि परिक्षण सेवा बन्द भएका छन ।