३७ बर्षे शिक्षण सेवा बाट सम्मानित हुँदै साह बिदा ।
२१ असार २०७८, सोमबार १४:०६
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न . २ अन्तर्गत रहेको श्री अधारभुत विधालयका शिक्षक मोहन लाल साह ३७ बर्षे शिक्षण सेवा बाट सम्मानित हुँदै बिदा भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड न २ घर भएका स्थायी शिक्षक मोहन लाल साह शिक्षण सेवा बाट आज आइतबार बिदा भएको हो।
नेपाल सरकारको शिक्षा निमावलि अनुसार उमेरले ६० बर्ष पूरा भए पश्चात शिक्षण सेवा बाट अवकाश तथा विदा लिनु पर्ने भएकोले त्यसै अनुसार शिक्षक साह पनि विदा तथा अवकाश पाएका छन।
शिक्षक साह २०४१ साल फागुन १४ गते देखि अस्थायी एवंम २०४४ साल असोज १ गतेदेखि हालसम्म स्थायी शिक्षकको रूपमा अविक्षिन्न तवरले आफ्नो क्षमताले भ्याए सम्म इमानदारीपुर्वक लगनशिल भइ विधालयको शैक्षिक एवंम भोतिक उन्नति र प्रगतिमा सक्रिय योगदान पुर्याउदै २०६८ साल मंसिर २७ गते प्राथमिक दितिय श्रेणी शिक्षकमा बढुवा भइ अन्तवर रूपमा सेवा गर्दे यस विद्यालयमा अध्यन , अध्यापन गराउदै अषार २० गते आइतबारदेखि अनिवार्य अवकाश पाउनु भयो ।
अध्यन , अध्यापनको क्रममा शिक्षक साहले आफ्नो जिवनमा धैरै दुख ,मेहनत ,प्ररिश्रम तथा चुनैतिकहरु लाई झेल्दै र सबैको साथ सहयोगले आज सम्मा ३७ बर्षे शिक्षण सेवा बाट विदा हुदा खुशी लागेको बताए ।
पहिलो शिक्षकमा विधालयका भुत पुर्व प्र अ बतहु शर्मा बिदा भएको थियोे । भने द्वितीय शिक्षकमोहन लाल साह आइतबारदेखि अनिवार्य अवकास प्राप्त गरि सरकारी शिक्षण सेवा बाट निवृत्त हुनुभएको हो ।
आगामी जिवनमा पुर्ण स्वस्थ एवं सफल
जिवनको शुभकामना तथा सम्मान-पत्र सहितको कार्यक्रम बाट स्थायी शिक्षक साह लाई बिदा समारोह गरिएको छ ।
विदा समारोह कार्यक्रमा वार्ड न. २ का वडा अध्यक्ष आलम अन्सारी , विद्यालयका प्र अ मनोज मेहता र विद्यालयका सम्पुर्ण शिक्षाक शिक्षिका लगायत गाउँसमाजका बुद्धिजीवी व्याक्तिहरुको उपस्थिति रहेकोे थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया