बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ – Nagarikabhiyan : National News

बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ

मोरङ। बुढीगंगा गाउँपालिका–३ टंकीचोकस्थित एनआईसी एसिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबी नगरपालिका–९ घर भएका २४ वर्षीय मो।इम्तियाज रहेका छन्।

उनलाई आइतबारराति प्रहरीले पक्राउ गरेको हो। उक्त कार्यमा संलग्न अर्का २५ वर्षीय मो।अनिस हुसेन भने फरार भएको प्रहरीले जनाएको छ।