गाँजा सहित महिला पक्राउ – Nagarikabhiyan : National News

गाँजा सहित महिला पक्राउ

उदयपुर । उदयपुरबाट गाँजा सहित युवती पक्राउ परेकी छन् । बेलका नगरपालिका-८ कोठु स्थितबाट १ केजी गाँजासहित भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती गाँजासहित पक्राउ परेकी हुन् ।

हिजो बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लुकाई ल्याएको लागुऔषध गाँजा १ केजी बरामद गरेको हो । मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला लगी थप अनुसन्धान भईरहेको छ ।