बलात्कार आरोपमा गिरफतार – Nagarikabhiyan : National News

बलात्कार आरोपमा गिरफतार

१५ वर्षिया नावालिकालाई बलात्कार (करणी) गरी फरार रहेका सुनसरीको इनरुवा नगरपालिका–९ का ३४ वर्षिय प्रमोद मेहतालाई असार १ गते गिरफतार गरिएको छ ।
प्रतिवादी प्रमोद मेहताले जेठ २४ गते नावालिकालाई करणी गरी फरार रहेका थिए । प्रतिवादीको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलिले असार १ गते सुनसरी जिल्लाको गढी गाउँपालिकाबाट गिरफतार गरेको हो । मेहता विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जेठ २४ गते जबरजस्ती करणी सम्बन्धि मुद्धा दर्ता भई सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेका प्रमोद मेहतालाई असार गते नै सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको एसपी कमल थापाले जनाएको छ । बालीकाको स्वास्थ्य परिक्षण जेठ २४ गते नै इनरुवा अस्पतालमा गरिएको थियो ।