म्यानेजर राजिव देवले गरे भोक्राहा नरसिंहका जनताका लागि माक्स र सेनिटाइजर सहयोग – Nagarikabhiyan : National News

म्यानेजर राजिव देवले गरे भोक्राहा नरसिंहका जनताका लागि माक्स र सेनिटाइजर सहयोग

इनरूवा । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका ३ वटा वडा सहित एक स्थानीय संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत काम गर्दै आएको समाजिक संस्था स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं।७ का अध्यक्ष दिपेन्द्र यादवको पहलमा माक्स र सेनिटाइजर उपलब्ध भएको संस्थाका सह सचिव सुरेन्द्र मेहताले जानकारी दिए ।
संस्थाका अध्यक्ष यादवको पहलमा काश्यप ऋषि आयुर्वेद प्रालि बुढीगंगा , वार्ड नं।४ मोरंगका म्यानेजर राजिव कुमार देवले माक्स र सेनिटाइजर उपलब्ध गराएको हो ।

म्यानेजर राजिवले भने कोरोना भाइरस विश्वभर नै फैलिएको अवस्थामा गाउँ घरमा काम गर्ने सामाजिक संस्था र भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका वडाहरूलाई प्राथमिकतामा राखी हामीले दिपेन्द्र यादवको पहलमा सक्दो सहयोग गरेको बताए ।
उक्त काश्यप ऋषि आयुर्वेद प्रालिले भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका वार्ड नम्बर ३,७ र ८ गरि ३ वटा वडालाई कोराना कवच अर्थात कोरोना भाइरसबाट सुरक्षित हुनका लागि माक्स र सेनिटाइजर उपलब्ध गराएको हो ।

उता काश्यप ऋषि आयुर्वेद प्रालिले स्वास्थ्य सामग्री उपलब्ध गराएकोले भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं।३ का वडाध्यक्ष सुकदेव यादव, वार्ड नं।७ का वडाध्यक्ष रामचन्द्र यादव, वार्ड नं।८ का वडाध्यक्ष हात्तिम अंसारी र स्मार्ट सिटी सञ्चार केन्द्रका अध्यक्ष दिपेन्द्र यादवले म्यानेजर राजिवलाई धन्यवाद दिएका छन् ।