कार्यालय सहयोगीले गरे बालिका बलात्कार
२६ जेष्ठ २०७८, बुधबार १७:१०
१४ बषिर्या बालिका जेठ २५ गते राती बलात्कृत भएकी छन् । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ का ३० वर्षिय सोहेल मंसुरीले बालिकालाई बलात्कार गरेको पीडित परिवारले आरोप लगाएका छन् ।
पीडक इनरुवा नगरपालिका ९ नम्बर वडा कार्यालयका सहयोगी र वडा अध्यक्षको अगं रक्षक जस्तो काम गर्दै आएको पीडित पक्षको दावी छ ।
बालिकालाई आमासगैं सुतेको बेला राती पीडक मंसुरीले ठोका फोडेर भित्र बसी बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कुमार कार्कीले घटना भएको भन्दै पीडित पक्ष प्रहरीमा आएको र घटना के भएको हो ? सो बारेमा बुझने काम भईरहेको प्रतिकृया दिनुभयो । घटना भएको हो भने पीडितको स्वास्थ्य परीक्षण गराउने र थप अनुशंधान अगाडी बढाउने बताउनुभयो । पीडक घटना पछी घर छाडेर फरार भएको स्थानीयहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया