कोरोना संक्रमितहरुको अवस्थाको बारेमा सुनसरी जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमको अनुगमन – Nagarikabhiyan : National News

कोरोना संक्रमितहरुको अवस्थाको बारेमा सुनसरी जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमको अनुगमन

सुनसरीमा कोरोना संक्रमितहरुको अवस्थाको बारेमा जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमले अनुगमन गरेको छ । एक महिना अघि गठन भएको टिमले पहिलो पटक फिल्डमै गएर अनुगमन गरेको हो । टिमका जिल्ला संयोजक मेघराज न्यौपाने नेतृत्वमा जिल्ला सदस्यहरुले सदरमुकाम इनरुवा, भोक्राहा नरसिंह, कोशी र बराहक्षेत्र नगरपालिकाका सरोकारबालासंग छलफल र अनुगमन गरिएको छ । जिल्ला स्तरीय ऋयखष्म–ज्ञढ च्बउष्म च्भकउयलकभ त्भबm का संयोजक न्यौपाने र इन्सेक जिल्ला प्रतिनिधि तथा टिमका फोकल व्यक्ति जयकृष्ण यादव, सदस्य नईम अंसारी, रविन घिमिरे सहितकाले कोभिडमा प्रभावित भएका संक्रमित, संक्रमित परिवार र संक्रमणबाट निधन भएका परिवार तथा आईसोलेसनमा रहेकाहरुसंग भेटेर अवस्थाको बारेमा जानकारी लिएको छ । टिमले राहत तथा प्रतिकार सम्बन्धि अभिलेखिकरण तथा प्रतिवेदनका लागि अनुगमन गरिएको र अनुगमनका क्रममा धेरै गुनासो नरहेको तर प्रभावकारी सेवा दिनुपर्ने र रोजीरोटी गुमेका विपन्न परिवारमा खाध्यान संकटको अवस्था आएको देखिएको जनाएको छ । टिमले सम्बन्धीत निकायलाई अवस्थाको बारेमा जानकारी दिई सुझाव दिएको र त्यसमा कार्यान्वयन गर्ने निकाय नगरपालिका, गाउँपालिकालाई ध्यान दिन आग्रह गरेको छ । अनुगमनमा सहभागी नईम अंसारीका अनुसार कोरोना पीडितको घर देखी निधन भएका परिवारसम्म र संक्रमितदेखी आईसोलेसनमा रहेकाहरुसम्मको अवस्थामा बुझ्ने र अध्ययन गर्ने काम भएको छ । सवालहरुलाई सम्बन्धित ठाउँमा जानकारी गराएको र बाकी सावालमा पनि सम्बन्धित निकायलाई ध्यानाक्रर्षण गराउने बताउनुभयो । वहाँले इनरुवा अस्पतालमा रहेकाहरुदेखी भोक्राहाका संक्रमित र बराहक्षेत्रका पीडितहरुको कुरा प्रत्यक्ष रुपमा संकलन गरेको र सो विषयमा अनुगमन गर्ने साथीहरु सहित उत्तरदाताहरुले सकारात्मक रुपमा लिएको बताउनुभयो । सरकारको पूर्व तयारी र स्थानीय तहहरुको पहल र प्रयासले संक्रमितहरुमा त्यती धेरै गुनासो नरहेको पाइएको अर्का सहभागि तथा अनुगमन कर्ता रविन घिमिरेले बताउनुभयो । वहाँले संक्रमति र मृतक भएका परिवारका सदस्यहरुलाई केही परे तत्काल कुनै बेला पनि सम्र्पक गर्नका लागि अनुरोध गर्दै फोन नम्बर समेत साटासाट गरेको र सहानुभुती प्रकट गर्ने काम पनि गरेको बताउनुभयो । घिमिरेले महामारीका बेला सचेतनासगैं नागरिकलाई प्रोत्सहान र हौसला दिनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्दै अनुगमन गरेको बताउनुभयो ।
अनुगमनका क्रममा टेक बहादुर परिवारका परिवारले जिल्लाको टिम आएको धन्यवाद दिदै अहिले परिवारमा तीन जना संक्रमित रहेको र समुदायले सुरुमा विभेद गरेपनि अहिले त्यसतो नरहेको बताउनुभयो । टिमका सदस्य रविन घिमिरेले फोन नम्बर दिदाँ परिवारका सदस्यहरुले कोरोना परीक्षण गर्न आवश्यक परे पहल गरिदिन आग्रह गर्ने बताएका थिए ।
त्यसैगरी सप्तकोशी बहुमुखी क्याम्पस आईसोलेसन केन्द्रमा पनि टिमले अनुगमन गरेको छ । अनुगमनका क्रममा बाहिर सुरक्षाका लागि नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मी खटिएको, संक्रमितको सेवा गर्नका लागि दुई जना स्वास्थ्यकर्मी रहेको अनि एक महिना यता ५० जना संक्रमित भर्ना भएकोमा हाल १० जना आईसोलेसनमा रहेको पाईएको संयोजक मेघराज न्यौपानेले जानकारी दिनुभयो । आईसोलेसन केन्द्रमा एक महिनामा दुई जनाको मृत्यु भएको र ३७ जना निको भएर फर्किको जानकारी आईसोलेसन केन्द्रका स्वास्थ्यकर्मी विकास झाले दिएको न्यौपानेले बताउनुभयो । आईसोलेसन केन्द्रमा सबै संक्रमितका लागि ४४ थान अक्सिजन सिलिण्डर , विहान र दिउसोको खाजा, विहान ११ बजे र राती ८ बजे खानाको व्यवस्था, नियमित स्वास्थ्यकर्मीको निगरानी र परामर्शको व्यवस्था रहेको झाले जानकारी दिनुभयो । पौष्टीक आहारको व्यवस्था र स्वास्थ्यको प्रबन्ध पनि राम्रो भएकाले संक्रमितहरुको गुनासो नभएको झाले बताउनुभयो ।
बराहक्षेत्र नगरपालिका ७ मा हालै कोरोना संक्रमण मुक्त भएका परिवारसंग पनि घेटघाट गर्दा ती परिवारले संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुने र बोल्न पनि नचाहने, फोन पनि नगर्ने जस्ता समस्याको सामना गर्नुपरेको गुनासो टिमसंग राख्नुभएको थियो । बराहक्षेत्र, भोक्राहा नरसिंह र इनरुवाका धेरै संक्रमितहरु घरमै बसेर कोरोना जितेको अनुगमनको क्रममा प्रतिकृया पाइएको संयोजक न्यौपानेले बताउनुभयो ।


१, सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित सप्तकोशी बहुमुखी क्याम्पस आईसोलेसनको अनुगमनका क्रममा टिम ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा