मोटरसाईकल चोर पक्राउ – Nagarikabhiyan : National News

मोटरसाईकल चोर पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट दुई जना मोटरसाईलक चोरलाई प्रहरीले पक्राउ गरेको छ । चैत १३ गते रातिको समयमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.३ हर्दियाका चन्द्र बहादुर कार्कीको घरवाट चोरी भएको मोटरसाईलक सहित दुई जनालाई पक्राउ गरिएको हो । कार्कीको घरबाटै चोरी भएकोको को १० प ३४५५ नंम्बरको कालो रङगको सुपर स्पेलेण्डर मोटरसाईकल ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरी मातहत प्रहरी चौकी तरहरा चोरीको मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु बराहक्षेत्र नगरपालिका वडा नं.३ हर्दियाका सुमन सुन्दास र नबराज परियारलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट चोरी शिर्षकमा चार दिनको म्याद लिई अनुसन्धान प्रकृया अगाडी वढाएको जनाएको छ ।