पसल र मन्दिरमा चोरी गर्ने दुई जना पक्राउ – Nagarikabhiyan : National News

पसल र मन्दिरमा चोरी गर्ने दुई जना पक्राउ

सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका १ र २ रामनगर भुटाहाको विभिन्न पसल र मन्दिरमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बीहिबार राती अबिरल वर्षा परिरहेको मौका छोपी भुटाहा जेनेरल स्टोर, किराना पसल सहित पाँचवटा पसल र स्थानीय शिव मन्दिर, हनुमान मन्दिरमा चोरी गर्नेहरुलाई शुक्रबार पक्राउ गरिएको हो । बिहीबार राति पसल तथा मन्दिरबाट लाखौँको धनमाल चोरी भएको भुटाहा प्रहरी चौकी कार्यालयले जनाएको छ ।
सिसि टिभी फुटेजको आधारमा रातको समयमा पसल तथा मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरिरहेको भुटाहा प्रहरी चौकीका इन्चार्ज सई बलराम यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच किराना पसलबाट एक लाख नगद सहित मोबाइल र रिचार्जकार्ड चोरी भएको छ । दुई वटासम्म बलियो ताला लगाएको सटरसमेत फोडेको भेटिएको छ । भुटाहा प्रहरी चौकी कार्यालयका यादवले सुरक्षाकर्मी फेरबदल भएको बेला हरिनगरमा चोरीका घटना बढेका छन् । चोरीका घटना बढेपछि हरिनगरका व्यवसायीहरुले सुरक्षा माग गर्दै प्रहरी चौकी कार्यालय भुटाहा पुगेका थिए । हरिनगरका व्यवसायीहरुले भुटाहा, हरिनगरा, गौतमपुर, घुस्की जस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न र सिसीटिभी क्यामेरा जडान गर्न माग गरेका गरेका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित भुटाहा बजारमा पसलहरु सहित मन्दिरमा चोरी गर्ने पक्राउ परेको छ ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका वडा नम्बर ४ का १९ वर्षिय जुला अन्सारी र २५ का हसरुद्दीन अन्सारी रहेको भुटाहा प्रहरी चौकीले जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक ज्ञान बहादुर श्रेष्ठ समेतको सकृयामा चोर पक्राउ गर्न सफल भएको यादवले बताउनुभयो ।