कत्तिको मन पर्छ फर्सी ?, जानी राखौँ यसका फाइदा – Nagarikabhiyan : National News

कत्तिको मन पर्छ फर्सी ?, जानी राखौँ यसका फाइदा

विराटनगर। यो सिजनमा गाँउघर तिर फर्सी प्रत्येक घरमा फलेकै हुन्छ । त्यसो बजारका हरेक तरकारी पसलमा पनि फर्सी बेच्न राखेको हुन्छ ।

हामी मध्ये धेरैलाई मन नपर्ने र हेला गर्ने तरकारीमा यो पर्न सक्छ । तर तपाईले फर्सीका फाइदाहरु बारे थाहा पाउनु भयो भने पक्कैपनि आजदेखि तरकारी वा उसिनेर पनि खान थाल्नु हुने छ ।

फर्सीको गट्टा तथा पाकेको फर्सीको तरकारी नचाखेको त कमै नै छौँ होला । अब कुरा गरौँ यसका फाइदाहरु बारे । फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए, आइरन, फाइबर लगायतका पौष्टिक तत्वहरु हुन्छन् ।

यसको सेवनबाट शरीरलाई फुर्तीलो राख्न सहयोग हुन्छ भने आँखालाई पनि तेजिलो पर्न यो उत्तम तरकारी हो । यसमा पाइने भिटामिन ए को कारण आँखा तेजिलो हुने गर्छ ।

पोटासियम तथा म्याग्नेसियमको श्रोत पनि फर्सी भएको हुँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसको उपयोग गर्न सकिन्छ ।

फाइबर हुने हुँदा यसको नियमित सेवन गरि तौल समेत नियन्त्रण गर्न सकिन्छ भने, मुटुलाई स्वस्थ्य राख्न, सुगरको लेभललाई सन्तुलिन बनाउन पनि यो प्रभावकारी हुन्छ ।

यसको सेवनले निन्द्रा कम लाग्ने व्यक्तिहरुलाई समेत निन्द्रा बढाउन सहयोग गर्छ ।

 

बिराट अनलाईन