पत्रकारलाई निरौलाको सहयोग
६ जेष्ठ २०७८, बिहीबार १७:१८
समाजसेवी रोहित निरौलाले नेपाल पत्रकार महासंघ सुनसरीलाई कोरोना भाइरस (कोभिड–१९) दोस्रो भेरियन्टबाट बच्नका लागि नेपाल पत्रकार महासंघ सुनसरीलाई मास्क, हेण्ड सेनिटाईजर, फेससिल, स्प्रे सहित सहयोग गर्नुभएको छ । जिल्लाका पत्रकारहरु अग्रपंतीमा रहेर काम गर्ने र जनताको सूचनाको हकको नियमित सुसुचित गर्ने काम गरेको भन्दै जिल्लाका पत्रकारलाई पुग्ने गरी ३० प्याकेटमास्क, ४० वटा हेण्ड सेनिटाईजर, ४० वटा फेससिल, ५ वटा स्प्रे र ३० वटा ९५ मास्क सहयोग हस्तान्तरण गर्नुभएको हो । निरौलाले महासंघका अध्यक्ष जनऋषि राईलाई इनरुवा नगरपालिकामा एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । त्यसैगरी निरौलाले इनरुवाका संचार गृह संचालकलाई पनि मास्क, हेण्ड सेनिटाईजर, फेससिल, स्प्रे सहित उपलब्ध गराउनुभएको छ ।
एता भोक्राहा नरसिंह गाउँपालिकाका संक्रमितहरुलाई मास्क सहित वितरण थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया