अस्पताललाई स्वास्थ्य सामग्री प्रदान – Nagarikabhiyan : National News

अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

राजविराज । कोभिड १९ को दोश्रो लहर अन्र्तगत कोरोना भाइरसबाट प्रभावित रहेको अवस्थामा राजविराजको अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा राजविराजस्थित गजेन्द्र सिँह अस्पताललाई करिब रु १६ लाख ३७ हजार ८ सय ७९ रुपैया मुल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

अस्पतालको स्वास्थ्यकर्मी तथा संक्रमितहरुको कुरुवा र आमजन समुदायिका सहयोगका लागि पिपिई सेट ४ सय ४० थान, ५०० सय पिस भिटिएम,२ हजार सर्जिकल माक्स,९ सय थान सर्जिकल गलोप्स, एक सय थान फेससिल्ड, ५०० एमेलको ६० थान सेनिटाईजर लगायत स्वास्थ्य सामग्री गजेन्द्र नारायण सिँह अस्पतालका मेडिकल सुपरिटेन्ट रंजीत कुमार झालाई सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिष्णुकान्त देवले स्वास्थय सामग्री हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल,प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला,स्वासथ्य कार्यालय प्रमुख दुनियालाल यादव,सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव ,सचिव नरेन्द्र प्रसाद यादव ,फिल्ड अधिकृत बिष्णुकान्त देव, र सुपरभाइजर रन्जना गुप्ता लगायतका उपस्थित रहेको थियो ।