रंगेलीमा एक महिलाको हत्या, प्रहरीद्वारा परिवारका चार सदस्य पक्राउ
५ जेष्ठ २०७८, बुधबार १७:५०
रंगेली । मोरङको रंगेलीमा एक महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
आज बिहान रंगेली ३ मा स्थानीय २४ वर्षीया अनिता यादवको शव फेला परेको हो । उनको धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
बेचन यादवकी श्रीमती अनिताको रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा शव भेटिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए । प्रहरी प्रमुख खड्काका अनुसार उनको घरदेखि केही परको नहरमा भेटिएको हो ।
घटनाका विषयमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान सुरु गरेको उनले बताए । प्रहरीले अनुसन्धानका लागि मृतक महिलाका श्रीमान्, सासु, ससुरा तथा देवरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले मृतककी श्रीमान् बेचनसहित, ससुरा, सासु र देवर विनोद यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको हो ।
तर अहिले नै कसले, किन हत्या गरेको भन्ने यकिन भने नभइसकेको प्रमुख खड्काको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया