लागुऔषध सहित ३ जना पक्राउ – Nagarikabhiyan : National News

लागुऔषध सहित ३ जना पक्राउ

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका ६ स्थित दसगजा क्षेत्रमा सशस्त्र प्रहरी बल लाैकहीबाट खटिएको आई.डी नं. १५६८२ का सशस्त्र प्रहरी सहायक निरीक्षक भोजराज श्रेष्ठको नेतृत्वमा खटिएको ७ जनाको मोबाईल गस्ती टोलिले लागुऔषध सहित ३ जना नाबालकलाई पक्राउ गरेका छन् ।

श्रेष्ठको नेतृत्वमा खटिएको उक्त टोलीले भोक्राहा नरसिंह गाउँपालिकाका ६ बस्ने बर्ष १७ का शिबनन्दन मण्डल, सोहि ठाउँ बस्ने बर्ष १६ का रगुनन्दन कुमार मण्डल, र बर्ष १८ का बिरेन्द्र प्रसाद यादवलाई लागु औषध सहित पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक भोजराज श्रेष्ठले बताउनुभयो ।

मंगलबार राति अनुमानित १०.३० बजेको समयमा सशस्त्र प्रहरी सहायक निरीक्षक भोजराज श्रेष्ठको नेतृत्वमा खटिएको टोलिले उनिहरुको साथबाट चेकजाँच गर्दा भारत बाट नेपाल ल्याउदै गरेको प्रतिबन्धित लागुऔषध, १०० एम.एल. कोरेक्स ५२ बोतल, दुई थान मोबाइल, एक थान बाइक लाइसेन्स, एक थान घडी , नेपाली रुपैया २६५८ सहित तिनै जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल लाैकहीका इन्सपेक्टर अरुण पाण्डेले जानकारी दिएका छन् ।

जनप्रतिनिधि,नागरिक समाज, स्थानीय पत्रकार , बुद्धिजिविहरुको रहोवरमा लागुऔषध सहित यादवलाई सार्वजनिक गरि फेला परेका लागुऔषध अन्य समानहरू सहित प्रारम्भिक अनुसन्धानका लागि आज ईलाका प्रहरी कार्यालय बाट आएको प्रनानि हरि कुमार कार्कीको ५ जनाको टोलिलाई बुझाएको उक्त कार्यालयले बताएका छन् ।