चिकित्सा शिक्षा आयोगले तोक्यो १७ कार्यक्रमको अध्ययन शुल्क – Nagarikabhiyan : National News

चिकित्सा शिक्षा आयोगले तोक्यो १७ कार्यक्रमको अध्ययन शुल्क

काठमाडौं । चिकित्सा शिक्षा आयोगले विभिन्न १७ वटा चिकित्सा शिक्षा अध्ययन कार्यक्रमको शुल्क सार्वजनिक गरेको छ ।

आयोगले आज सूचना जारी गरी एमबीबीएस, बीडीएस, नर्सिङ, आयुर्वेद, फार्मेसी, एमडी, एमएस, एमडीएस, डीएम, एमसीएचलगायत १७ कार्यक्रमको शुल्क सार्वजनिक गरेको हो । शैक्षिक सत्र २०७७–७८ का लागि गत वर्ष कायम भइ लागु भइसकेका कार्यक्रमको भने शुल्क यथावत् राखिने आयोगले जनाएको छ ।

उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैंया निर्धारण गरिएको छ ।