बाल विवाह आरोपमा पक्राउ
२८ बैशाख २०७८, मंगलवार १७:३७
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ५ पाल टोलमा बाल विवाहको आरोपमा दुई जनालाई गिरफतार गरेको छ । वालबिवाह गर्ने गरेको अरोपमा बाल विवाह रोकी बाल विवाह गर्ने बेहुला मिथिलेश पाल र बाल विबाह गराउने सानो वुबा देवानगंज गापा ५ का फूलचन पाललाई विबाह मण्डपबाटै गिरफतार गरीएको हो । प्रहरीका अनुसार २७ गते रातको ९ बजे सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–५ पाल टोल फूलचन पालको घरमा सुनसरीको हरिनगर गाउँपालिका–४ का खोखाई पालको छोरा वर्ष २६ को मिथिलेश पाल र देवानगंग गाउँपालिका–१ बस्ने रमानन्द पालको छोरी १८ वर्ष ८ महिना १० दिन की कलपना कुमारी पालसंग विबाह हुदै छ भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलिले हुदै गरेको बाल विवाह रोकी दुई जनालाई गिरफतार गरेको हो । बाल विवाह गर्ने बेहुला मिथिलेश पाल र बाल विबाह गराउने निजको नातामा पर्ने सानो वुबा देवानगंज गा.पा.५ बस्ने फूलचन पाललाई विबाह मण्डपबाटै पक्राउ गरीएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
गिरफतार गरीएका पालदोयलाई मुलुकी अपराध सहिता २०७४ को परिच्छेद ११ विबाह सम्वन्धि कसुरको दफा १७३ अन्तरगत बाल विबाहमा सुनसरी जिल्ला अदालतबाट मुद्धा दर्ता गराई आवश्यक अनुसन्धान भईरहेको थापाले बताउनुभयो ।
१, बाल विवाह आरोपमा पक्राउ परेका पाल दोय ।

फेसबुकबाट तपाईको प्रतिक्रिया