हत्याको आरोपमा तीन जना पक्राउ – Nagarikabhiyan : National News

हत्याको आरोपमा तीन जना पक्राउ

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा एक महिलाको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् ।

बैसाख ११ गते शनिवार कुटपीट गरेको धरान उमनपा वडा नं. १५, पूर्वेली पथकी ८४ वर्षिय गोबिन्द माया बिश्वकर्माको बैशाख १९ गते मृत्यु भएकाले सोही हत्या आरोपमा घटनामा संलग्न भएका तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको पथरी–३ घर भई धरान–१५ सुनगाभा मार्गमा बस्ने विर बहादुर परियार, पथरी शनिश्चरे–५ पिपलडाँडा घर भई हाल धरान– १० पुतली लाईन बस्ने सोनी राई र लक्ष्मी लिम्बु रहेका छन् ।

तीनैजनालाई जाहेरवाला गोबिन्द माया बिश्वकर्माकी बुहारी झरना बिश्वकर्माको उजुरीको आधारमा कर्तव्य ज्यान र डाका मुद्धामा पक्राउ गरिएको प्रहरी उपरीक्षक कलम थापाले जानकारी दिनुभयो ।

पीडकहरुले धारिलो चिज हतियारले प्रहार गरी गम्भीर घाईते बनाई दुई लाख रुपियाँ सहित लगाएका र घरमा रहेका (नौगेडी, चुरा, सिक्री, जन्तर लगायत) गरगहना गरी ११ लाख ४० हजार नौं सय पचास बराबरको धनमाल डाका गरी लगेको पीडित पक्षको आरोप छ ।