रावणले मन्दोदरीलाई बताएका थिए ‘नारीका ८ अवगुण’
६ बैशाख २०७८, सोमबार १२:१३
धर्मशास्त्रले रावणलाई खराब व्यक्तिको रुपमा चित्रण गरेको छ । उनले सीतालाई हरण गरेका थिए । यद्यपि धेरैलाई थाहा नहुन सक्छ, रावण महापण्डित थिए । उनले कठोर तपस्यापछि गहिरो ज्ञान आर्जन गरेका थिए ।
रावणकी एक पत्नी थिइन्, मन्दोदरी । रावणले आफ्नी पत्नीलाई असाध्य प्रेम गर्थे । जब सीतालाई अपहरण गरेको बखत रामले हनुमानलाई सेनासहित लङ्कामा पठाए, तब मन्दोदरीले सम्भावित युद्धलाई रोक्न भनिन् । उनले सीतालाई फिर्ता गर्नु र युद्ध नगर्नु भनेर रावणलाई क्षमा समेत माग्न लगाइन् । यो सुनेपछि रावणले पत्नीलाई महिलाका आठ अवगुण सुनाए । के थिए त ती आठ अवगुण ?
पहिलो अवगुण : पहिलो अवगुण हो, महिला धेरै साहसी हुनु । कहिलेकाहीँ महिलाहरु आफ्नो साहस प्रदर्शन गर्छन्, जो आवश्यक हुँदैन । यस किसिमको साहसले परिवारलाई पश्चातापमा पार्छ । साहसलाई दुस्साहस बनाउन हुन्न । दोस्रो अवगुण : दोस्रो अवगुण हो, निरन्तर झुट बोल्ने बानी । रावणले भनेका थिए, महिला पटक-पटक झुट बोल्छन् । यद्यपि यस्तो झुट धेरै समय टिक्दैन ।
तेस्रो अवगुण : धेरै चञ्चल हुनु । मन बदलिरहनु । यस्तो महिलाको मन बुझ्न गाह्रो हुन्छ । चौथो अवगुण : आफ्नो काम पूरा गर्नका लागि जस्तोसुकै काम गर्न तयार हुनु पनि महिलाको अवगुण हो । पाँचौ अवगुण : छिटै हतोत्साही हुनु वा कायर हुनु पनि महिलाको अवगुण हो ।
छैठौं अवगुण : कुनैपनि कुरा नसोची निर्णय लिनु पनि महिलाको अवगुण हो । यसले उनीहरुलाई निकै समस्यामा समेत पार्छ । सातौ अवगुण : यदि कुनै महिलामा दयाभाव छैन भने त्यो उसको दुर्गुण हो । महिलाहरु निर्दयी हुनुहुन्न । आठौ अवगुण : जतिसुकै सुन्दर भए पनि, जतिसुकै राम्रो श्रृंगार गरे पनि सरसफाइमा ध्यान नदिनु महिलाको अवगुण हो ।
हुन त, यी पहिलेका कुराहरु हुन् भनेर तपाईलाई यी त्यति वास्ता नलाग्ला तर मानवको स्वभावमा यति अध्ययनहरु भएका छन् कि ति अहिले पनि उपयोगी हुन सक्छन् । यसैले यी पहिलेका कुराहरु कामै नलाग्ने भए भनेर वेवास्ता गर्नु सहि पनि नहोला । हुन त सभ्यता परिवर्तन भएसँगै महिलाका गुण र अवगुणका बारेमा पनि परिभाषाहरु फेरिएका हुन्छन् तर हेर्ने हो भित्रि कुरा परिवर्तन नभएका हुन सक्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया