एक महिना विद्यालय बन्द गर्न स्वास्थ मन्त्रालयकाे सिफारिस – Nagarikabhiyan : National News

एक महिना विद्यालय बन्द गर्न स्वास्थ मन्त्रालयकाे सिफारिस

काेराेना भाइरसकाे संक्रमण बढ्दै गइरहकाे अवस्थामा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित  देशका विभिन्न ठूला सहरूहरूकाे विद्यालयमा एक महिना भाैतिक कक्षा बन्द गर्न सिफारिस गरेकाे छ ।

मन्त्रालयले भाैतिक कक्षाकाे विकल्पका रूपमा अनलाइ, भर्चुअल कक्षा मार्फत पठनपाठन गराउँन भन्दै उक्त सिफारिस गरेकाे हाे ।

बढ्दाे संक्रमणसंगै काक्रमक नयाँ भेरिएन्टकाे  नेपालमा काेराेना भाइरस देखिएकाे र उक्त भेरिएन्ट युवा र कम उमेर समूहमा  देखिएले  चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

शिक्षा क्षेत्रका सरोकारवालाले भने शिक्षा मन्त्रालयले गरेको छलफलमा विद्यालय बन्द गर्न नहुने सुझाव दिएका थिए ।