जनता मावि शिवगञ्जमा वकतृत्वकला प्रतियोगिता सम्पन्न
२७ चैत्र २०७७, शुक्रबार १९:२०
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ जनता मावि शिवगञ्जमा वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको आयोजना र अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको सहयोगमा आजको युगमा शिक्षाको महत्व र आवश्कता विषयक वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

सम्पन्न भएको कार्यक्रममा जनाता माविकी अस्मिता कुमारी मण्डल प्रथम, निरो कुमारी मण्डल द्धितिय, निण कुमारी मण्डल तृतिय र निर्मला मण्डल, निराजन कुमार मण्डल र सपना कुमारी मेहता सान्वना भएका छन् । उनीहरुलाई पुरस्कार समेत प्रदान गरिएको विद्यालयका शिक्षक सरेश कुमार गुप्ताले जानकारी दिनुभयो ।
विजयी प्रतियोगीहरुलाई इन्सेकका जिल्ला प्रतिनिधि तथा सहजकर्ता जयकृष्ण यादवको तर्फबाट विद्यालयले प्रथम, द्धितिय, तृतिय र सान्वनालाई पुरस्कार वितरण गरिएको गुप्ताले बताउनुभयो । प्रतियोगीहरुलाई विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार साह, शिक्षक रंगलाल भट्टराई, राजेश्वर यादव, बैधनाथ प्रसाद देव , सुमित्रा यादव र देवकी यादव सहितले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका ५० बढी बालबालिकाहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया