सरस्वती माविमा यादव प्रअ
७ जेष्ठ २०७७, बुधबार १७:२८
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा ९ बबियाको सरस्वती माविमा नयाँ प्रधानाध्यापक आउनुभएको छ । जेठ ५ गतेबाट लागू हुनेगरी वर्तमान प्रअ अनिरुद्ध प्रसाद मेहता आफ्नो उमेरहदको कारण सेवा निवृत्त हुनुभएकाले वरिष्ठताको आधारमा शिक्षक तेजनारायाण यादव नयाँ प्रअ बन्नुभएको हो ।
शिक्षा ऐन, नियम बमोजिम वरिष्ठताको आधारमा माध्यमिक शिक्षक तेजनारायण यादवले निमित प्रअको जिम्मेवारी पाउनु भएको हो ।
यादव प्रअ भएकाले वहाँलाई सफल कार्यकालका लागि सफलताको शुभकामना सहित समकक्षीहरुले हार्दिक वधाई र वर्तमान प्रअ अनिरुद्ध प्रसाद मेहता आफ्नो उमेरहदको कारण सेवा निवृत्त भएको हुँदा वहाँलाई बाकी सेवानिवृत जिवनको सफलताको शुभकामना दिएको छ ।
नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जयकृष्ण यादवले समेत शिक्षाको गुणस्तर कामय गर्नमा प्रअ यादवको भुमिका राम्रो होस भनेर शुभकामना दिनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया