नेविसंघद्धारा क्याम्पसमा नेतृत्व बिकास तालिम
२३ चैत्र २०७७, सोमबार १७:३१
सुनसरी सदरमुकाम इनरुवामा नेपाल विद्यार्थी संघको आयोजनामा सुनसरी बहुमुखी क्याम्पसमा नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको नेतृत्व बिकास एवम् नेपाल विद्यार्थी संघको इतिहासको बारे प्रशिक्षण प्रदान गरिएको हो । कार्यक्रममा इनरुवा नगर प्रमुख राजन मेहताले विधार्थी नै देशको कर्णधार भएकाले नेतृत्व विकास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नगर प्रमुखले आफू यसै क्याम्पसका पुर्व विद्यार्थी भएको बताउदै विधार्थी शक्ती देशको विकासका लागि आवश्यक रहेको बताउनुभयो । क्याम्पसमा आयोजना गरेकोमा नेपाल विद्यार्थी संघ सुनसरी क्याम्प इकाईका नेतृत्वकर्ता सेराज हुसेनले पहिलो पटक भएको यस्तो कार्यक्रमले विधार्थी उत्साहित बनेको बताउनुभयो ।
वहाँले प्रमुख अथिधि राजन मेहतालाई विशेष धन्यवाद दिनुभएको थियो । कार्यक्रम अध्यक्षको अध्यक्षता नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पसका नेतृत्वकर्ता सेराज हुसैनले गर्नुभएको थियो भने अतिथिमा नेपाली काङ्ग्रेस इनरुवा नगरपालिकाका सचिव धिरज भट्टराई, नेपाल विद्यार्थी संघका नेता नन्दन गुप्ता, किशोर दाहाल सहित १८० जना विधार्थी र सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।तालिममा नेपाली काङ्ग्रेस इनरुवा नगरपालिकाका सचिव धिरज भट्टराईले प्रशिक्षण दिनुभएको थियो । वहाँले विभिन्न भाषाको प्रयोग गरी रमाईलो तरिकाले नेतृत्व विकासका बारेमा प्रशिक्षण दिनुभयो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया