भाङको चिया पिउनुभएको छ ? यस्ता छन् यसका विशेषता !
१८ चैत्र २०७७, बुधबार १३:३५
एजेन्सी । हामीले दूधको चिया, कालो चिया, कागती चिया लगायत चिया त पिएकै छौं आफूले पिउने नगरेनी अरुले पिएको त अवश्य देखेका छौं। तर के तपाईंलाई भाङको चियाका बारेमा थाहा छ ?स्वास्थ्यका लागि लाभदायक चिया होनी भाङको चिया।
भाङको चियामा एन्टीअक्सिडेन्ट, भिटामिन, पोटेसियम, म्याग्नेसियम, मिनरल र फाइबर जस्ता गुणले भरिपुर्ण हुन्छ। एन्टीअक्सिडेन्ट, पोटेसियम र म्याग्नेसियमले भरिपुर्ण हुनाले यो जोइन्टको पीडा तथा डिप्रेसनका लागि लाभदायक चिया हो।
विभिन्न अध्ययनहरूको निष्र्कष छ कि मात्रा मिलाएर खाए भाङको चियाले स्वास्थ्यलाई राम्रो गर्छ । यसलाई चिया बनाएर पिउँदा उत्तम हुन्छ । यसले दुखाइ, वाकवाकी र चिन्ता हटाउन मद्दत गर्छ किनकि यसमा एन्टीअक्सिडेन्ट, भिटामिन, पोटेसियम, म्याग्नेसियम, मिनरल र फाइबर हुन्छ ।
यसरी बनाउनुहोस भाङको चियाः
(१) भाङ एक ग्राम
(२) पानी एक लिटर
(३) तुलसीका पात
(४) क्रिम एक चम्चा
भाङको चिया बनाउने विधिः
(१)पहिला पानी उमाल्ने
(२)पानीमा भाङ र तुलसीको पात मिसाएर लगभग १५ मिनेट फेरि उमाल्ने
(३) चिया छान्नेमा हालेर भाङलाई छुट्टै राख्नुे ।
(४) अब भाङको चियामा एक चिया चम्चा क्रिम मिसाउने
दिनको एक कप भाङको चिया पिउनु स्वास्थयको लागि लाभदायक,त्यो भन्दाबढी पिए हानिकारक
(१)पुरानो दुखाइ अन्त्य गर्न सहयोगी
(२) वाकवाकी र गठियाबाथबाट मुक्ति
(३) तनाव र चिन्ताबाट मुक्ति
(४)फोक्सोको समस्या र मुटुरोगबाट मुक्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया