लाहान-मालपोत बम विस्फोट काण्डमा यादव र गिरि पक्राउ
१७ चैत्र २०७७, मंगलवार १६:४३
काठमाडौं । सिराहाको लाहानस्थित मालपोत कार्यालयमा गत चैत १ गते बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो । घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षका रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षका अभिमन्यू गिरि पक्राउ परेका प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु यसअघि पनि आपराधिक काममा संलग्न भएको पाइएको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया