प्रदेश २ को होली : ग्याङ फाइटदेखि चक्कु प्रहारसम्म, साढे ५ सय सवारीसाधन नियन्त्रणमा – Nagarikabhiyan : National News

प्रदेश २ को होली : ग्याङ फाइटदेखि चक्कु प्रहारसम्म, साढे ५ सय सवारीसाधन नियन्त्रणमा

जनकपुरधाम ।  प्रदेश २ मा होलीको दिन (सोमबार) कुटपिटदेखि चक्कु प्रहारसम्मका घटना भएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका- १ मा कुटपिट भएको हो । त्यस्तै, धनुषाको मिथिला नगरपालिका- १ मा चक्कु प्रहार भएको छ ।

मटिहानी- १ मा दुई समूहबीच भएको कुटपिटमा परी १४ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीका अनुसार धनुषाको मिथिला- १ मा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । चक्कु प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । टुडेपाटी-

यस्तै, प्रदेश- २ मा होलीको दिन ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ६५ जनालाई कारबाही गरिएको र ५ सय ४७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका डीएसपी नवरतन पौडेलले जानकारी दिए ।