नेपाल शिक्षक संघ इनरुवा शाखाको तेस्रो प्रतिनिधि सभा सप्पन्न
१२ चैत्र २०७७, बिहीबार १८:२१
अजमल अन्सारी । इनरुवा
सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा नेपाल शिक्षक संघ इनरुवा नगर कार्य समितिको तेस्रो प्रतिनिधि सभा सप्पन्न सम्पन्न भएको छ ।
इनरुवा वडा न २ स्थित नेपाल शिक्षक संघ भवनमा नेपाल शिक्षक संघ इनरुवाको तेस्रो प्रतिनिधि सभा तथा भेला कार्यक्रम सम्पन्न भएको हो । नेपाल शिक्षक संघको आयोजनामा इनरुवा नगरभरिका शिक्षक प्रतिनिधिको उपस्थितिमा सभा सम्पन्न भएको हो ।
नेपाल शिक्षक संघ केन्द्रिय सदस्य बलराम भट्टराईले सभा कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरुको पेसागत संगठनको हक हित र अधिकारका निम्ति नेपाली काङ्ग्रेसले सहयोग गर्दै आएको चर्चा गर्नुभयो । वहाँले संघ र पार्टी शिक्षकको हितमा काम गर्न जहिले पनि तयार रहेको बताउनुभयो ।

सभामा कार्यक्रमको प्रमुख अतिथी तथा नगर प्रमुख राजन मेहताले शिक्षकहरुको पेशागत हक हितको लागि आफूले सधै सहयोग गरेको र सहयोग निरन्तर जारी रहेको बताउनुभयो । वहाँले आफू जहिले पनि शिक्षकको हकहितका लागि साथ र सहयोग गर्दै आएको जिकिर गर्नुभयो । कार्यक्रम नेपाल शिक्षक संघ इनरुवा नगर अध्यक्ष रमेन्द्रमुनि कोइरालाको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन नेपाल शिक्षक संघ सुनसरीका सचिब देवनारायण यादवले गर्नुभएको थियो । कार्यक्रममा संघका काशीराम चौधरी, सम्भु ठाकुर, बाबुनन्द यादव, रेनुका पोखरेल सहितको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया