कटुवा पेस्तोल सहित साह र गुप्ता पक्राउ – Nagarikabhiyan : National News

कटुवा पेस्तोल सहित साह र गुप्ता पक्राउ

काठमाडौं ।  पर्साको विरगंजबाट कटुवा पेस्तोलसहित २ जना युवकलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

वीरगन्जबाट प्रहरीले पवीरगन्ज १३ श्रीपुरबाट कटुवा पेस्तोलसहित वीरगन्ज २४ श्रीसीयाका २७ वर्षीय दिपेन्द्र साह र सोही ठाँउका २३ वर्षीय सनोज गुप्ता पक्राउ परेका हुन् । दुवै युवकको शरीर खानतलासी गर्दा उनीहरुसंग गोली नभएको १ थान कटुवा पेस्तोल बरामद गरेको हो ।

कटुवा पेस्तोलसहित पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।