पर्सामा २ जना जुवाडे पक्राउ
१० चैत्र २०७७, मंगलवार १६:५४
काठमाडौं । पर्साको बहुदरमाइ नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ९ बिश्रामपुर टोलबाट २१ हजार २ सय ६० रुपैयाँ र तीन बुक ताससहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवा खेल्दै गरेको अवस्थामा सोही स्थानका ४० वर्षका उमेश राउत कुर्मी र ३० वर्षका लालबाबु प्रसादलाई प्रहरीले पक्राउ गरेका हुन् । पक्राउ गरेको हो।
बिश्रामपुर टोल बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा दुई जनालाई पक्राउ गर्न सफल भएको तथा ७ जना जुवाडेहरु फरार भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
फरार भएका जुवाडेहरुको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको खनालले बताए। पक्राउ परेका दुई जनालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकताविरुद्धको कसुर ( जुवा) मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया