कोरोना सन्त्रासबीच डेंगुको जोखिम
६ जेष्ठ २०७७, मंगलवार १०:१३
अहिले जसरी कोरोना भाइरसले आतंक मच्याइरहेको छ, यसैगरी विगतमा डेंगुले भयभित बनाउँथ्यो । गर्मी याममा खासगरी तराई क्षेत्रमा डेंगुको ठूलो भय हुन्थ्यो । अहिले पनि डेंगुको जोखिमबाट हामी मुक्त छैनौं । डेंगुको संक्रमण बर्षेनी बढ्दै गएको छ, विश्वव्यापी रुपमै ।
त्यसैले सम्पूर्ण ध्यान कोरोना भाइरसतर्फ केन्द्रित भइरहँदा डेंगु, मलेरिया जस्ता संक्रमणबाट बच्न पनि उचित सर्तकता अपनाउनुपर्नेछ । कतिपय घर बाहिर विद्यालय वा भवनमा क्वारेनटाइनमा बसेका छन्, कति आइसोलेसनमा छन् । उनीहरुले अरु बढी डेंगुको संक्रमणबाट सावधानी अपनाउनुपर्नेछ ।
अर्कोतिर जलवायु परिवर्तनका कारण लामखुट्टे पहाडी क्षेत्रमा समेत फैलिदै गएको पाइन्छ । त्यसैले नयाँ–नयाँ ठाउँमा समेत डेंगुको जोखिम हुनसक्छ ।
मध्य तराईलाई विगतदेखि नै डेंगुले सताउँदै आएको छ । बर्षेनी त्यहाँ डेंगुको संक्रमण फैलिने गरेको छ । उचित सावधानी र जनचेतनाको अभावमा यसको जोखिम कायमै छ । अहिलेको अवस्थामा डेंगुको संक्रमण भइहालेमा के गर्ने रु कहाँ उपचार गर्ने रु निकै जटिल छ । डेंगुको उपचार गर्ने क्रममा कोरोना भाइरस लाग्ने भय उत्तिकै छ ।
एक तथ्यांक अनुसार विश्वको आधा भन्दा बढी जनसंख्या यो संक्रमणको जोखिममा छन् । वितेको ५० बर्षमा यो संक्रमण ३० प्रतिशलते बढेको पाइन्छ ।
डेगु के हो त ?
–डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो ।
–एडिस एजप्टाई÷एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ ।
–जुनसुकै उमेरका व्यक्तिलाई यो रोग लाग्न सक्छ ।
जटिलता
गर्मीमा लामुखुट्टेबाट बच्न निकै सजगता अपनाउनुपर्छ । यो लामुखट्टेको भयानक पक्ष भनेको एउटा लाखुट्टेले एक पटकमा एकभन्दा धेरै व्यक्तिलाई टोक्न सक्छन् । त्यसैले एउटै लामखुट्टेले धेरैलाई एकसाथ डेंगुको संक्रमण गराउन सक्छ ।
खासगरी यो पोथी लामखुट्टेले आफुलाई अण्डा पार्नका लागि चाहिने प्रोटिनको आवश्यक्ता मान्छेको रगतबाट पूर्ति गर्छ । यदि उक्त व्यक्ति डुंगु संक्रमित रहेमा अरु व्यक्तिलाई सोही लामखुट्टेमार्फत फैलने गर्छ ।
यो लामखुट्टेले ५ सय मिटरको दुरीसम्म यात्रा गर्न सक्छ । यो लामखुट्टे दिनमा सक्रिय हुन्छ । खासगरी बिहान घाम लागेको २ घण्टा पछि र सूर्योअस्तअघि । डेंगुको संक्रमण लामखुट्टेको माध्यामबाट मात्र सर्ने गर्छ, मान्छेबाट अर्को मान्छेलाई भने सर्दैन ।
के हुन्छ लक्षण ?
–अत्याधिक ज्वरो आउने
–जोर्नी तथा मांशपेशीहरु दुख्ने
–शरीरमा बिबिरा देखापर्ने ।
–आँखा रातो हुने
–निरन्तर वान्ता हुने वा वाक वाक लाग्ने
–पेट दुख्ने
यी लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ ।
कसरी सुरक्षित रहने ?
एडिस जातका लामखुट्टे जुनसुकै बेला टोक्ने भएपनि खासगरी बिहान र सूर्योअस्त अघि बढी सक्रिय हुन्छ । त्यसैले दिनको समयमा हामीले बढी सजगता अपनाउनुपर्छ । यसका लागि शरीरका सम्पूर्ण भागहरु ढाक्ने लुगा लगाउनु उपयुक्त हुन्छ । खासगरी हात, खुट्टा ढाक्ने लुगा लगाउनुपर्छ ।
घर वरीपरी सरसफाईमा ध्यान दिने । खाली बोत्तलहरु, टायर आदि जथाभावी नफ्याल्ने ।
–घर आसपास सफा राख्ने ।
–पानी जम्ने ठाउँहरु पुर्ने । गमला, प्लाष्टिको बट्टा, टायर, भाँडा आदिमा पानी जम्न नदिने ।
–पानीको ट्यांकीमा लाखुट्टे पस्न नसक्नेगरी बन्द गर्ने ।
–दिउसो बस्दा शरीर ढाक्ने लुगा लगाउने ।
–साना बालबच्चालाई दिउसो सुताउँदा झुल लगाइदिने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया