शीर्षक : दुःखको भोलि
५ चैत्र २०७७, बिहीबार १२:३७
कविता : गद्य
रामायण र महाभारत पढेँ
पुराण उपनिषदहरू हेरेँ
बुद्ध गाथा सुनेँ अनि इतिहास पढेँ
सुखद “भोलि ” कही पनि देखिनँ
अघि भोलि भोलिले देवाशुर संग्राम भयो
भोलिको राज्याभिषेकले रामलाई वनवास गरायो
भोलिले राम र सीताको वियोगै भयो
सुखद भोलि त्यहाँ पनि देखिएन
आदिकवि भानुभक्त आचार्य पनि
भोलि भोलिको विश्वासमा पर्दा
कुमारी चोकको झ्यालखानामा बसे
सुखद उज्यालो भोलि जीवनमा आएन
हाम्रै ज्ञात अज्ञात सहिदहरूले
राष्ट्र उन्नत उज्ज्वल पार्छौ भने
क्रान्ति संघर्ष गरे सबै मारिए
तर उज्यालो भोलि नै आएन
नेपाललाई एसियाली मापदण्डमा पुगाउने
नेपाल शान्ति क्षेत्र बनाउने
राजा हुँदाको उसको प्रस्ताव त्यसै खेर गयो
तर उच्चो भोलि नै आएन
दासढुङ्गा र दरवार हत्याकाण्डहरूको
ग्रेन डिजाइन पत्ता लाग्ने भनियो
प्रधानमन्त्री र चालक मरे र बिते
त्यो ग्रेन डिजाइनको भोलि आउदै आएन
बहत्तर सालमा भूकम्प गयो
घर , मन्दिर , देवालय र धरहरा भत्किए
गरिबका घरहरू भोलि बनाउने भनियो
त्यो निर्माणको भोलि आजसम्म आएन
विभिन्न कारणले राष्ट्र आक्रान्त छ
सहि उपचार ,साधन र श्रोतको कमी छ
भोलि प्रबन्ध गरिने भनेर सुनिदैछ
उज्ज्वल भोलि भित्र्याईयोस् गद्दारी हुनु भएन
गरिब्को साथ चाहिन्छ गरिब लाई गाँस बाँस र कपास गरछन धनी ले पैसा को मात्र नास हुन्छ सधै गरिब को अपमान गरछन सबै ले धनी लाई मान खान्छन् दुबै ले एउटै समान मरदा जलाइन्छ एक समान गर्नु हुदैन गरिब लाई अपमान वाद िवबाद गर्ने बानी हटाउ हामी सबै एउटै हौ को गरिब को धनी हामी सबै ईश्वरका सन्तान समान जेनिस देव

फेसबुकबाट तपाईको प्रतिक्रिया