कक्षा ११ को परीक्षाफल प्रकाशित – Nagarikabhiyan : National News

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं । कक्षा ११ को परीक्षाफल प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक/ ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षाफल प्रकाशित गरेको हो।

बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये ७८.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ। परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ। नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिनेछ।