लागूऔषध सहित दुई जना पक्राउ
३ चैत्र २०७७, मंगलवार १८:०३
काठमाडौं । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका २ स्थित अमुवाबाट लागूऔषध सहित एपीएफ टोलीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका १ बस्ने २० वर्षीय राजु बुढाथोकी र ३१ वर्षीय संजीव भट्टराई छन् । भारतबाट लु ६८ प ८ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मजरकट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागेर जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया