नारीको हिजाब पहिरनले हुने व्यवहारिक फाइदाहरु – Nagarikabhiyan : National News

नारीको हिजाब पहिरनले हुने व्यवहारिक फाइदाहरु

काठमाडौं ।  नेपाली मुस्लिम नारी एवं छात्राले टाउकोमा लगाउने कपडा नै हिजाब हुन । यसका पनि केही फाइदाजनक कुराहरू नारीको व्यवहारमा हेरिने प्रष्ट पारिएको छ।

१. यसले प्रत्यक्ष रुपमा महिलाहरु माथी पर्ने पर-पुरुषहरुको कु-दृष्टिबाट जोगाउने गर्दछ । जसले गर्दा पुरुषको मनमा उब्जने नकारात्मक मनोभावनाहरु , इच्छा,आकाँक्षाहरु उत्पन्न हुन पाउँंदैन।

२. यसले महिलाहरुप्रती हुने यौनजन्य कु-कार्य एबं अपराधहरु हुन पाउँदैन्न।

३. विभिन्न प्रकारका वातावरणीय प्रदुषण र विभिन्न रोगको संक्रमणबाट महिलालाई जोगाउने गर्दछ।

४. यसले घामको नकारात्मक किरण प्रत्यक्ष छालामा पर्न पाउँदैन।

५. यसले महिलाको आफुमा हुने सौन्दर्य प्रति घमण्ड उत्पन्न हुन पाउँदैन ।

कुनै पनि महिलालाई जबर्जस्ती हिजाब लगाउन भनिएको पनि छैन र कुनै पनि महिलालाई जबर्जस्ती हिजाब खोल भन्नु पनि हुँदैन । जिम्मेवार, सभ्य, शालिन एबं आफ्नो घरलाई शान्त र सुखमय बनाउने तर्फ उन्मुख हुन्छन। हिजाब मुस्लिम महिलाको इज्जत र सान हुन ।