कांग्रेसले राष्ट्रिय शिक्षा नीतिलाई मुलुकभर छलफल गर्ने – Nagarikabhiyan : National News

कांग्रेसले राष्ट्रिय शिक्षा नीतिलाई मुलुकभर छलफल गर्ने

काठमाडौं ।  नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’ लाई सातै प्रदेशमा छलफल गर्ने बताइएको छ ।

सोमवार कांग्रेस शिक्षा विभागका पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेका छन्  ।

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’ लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजक विभागले प्रदेश नं १ मा गोकर्ण बानियाँ, प्रदेश नं २ मा रघुसिंह थारू, वाग्तमी प्रदेशमा दीपेन्द्र सिंजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई तोकेको छ ।