सुनसरीका ३६ विद्यालय पुरस्कृत
२ चैत्र २०७७, सोमबार १८:५०
इनरुवा । सुनसरीको १२ वटै स्थानीय तहका तीन÷तीन सामुदायिक विद्यालयलाई सेभ द अर्थ सुनसरी नामक संस्थाले पुरस्कृत गरेको छ । सामुदायिक विद्यालयहरुमा संचालन भएको किताव कुना कार्यक्रमको राम्रो प्रयोग र व्यावस्थापनमा समेत उत्कृष्ट गरेको भन्दैँ प्रत्येक पालिकाका तीन÷तीन सामुदायिक विद्यालयलाई पुरस्कृत गरेको हो ।
संस्थाका अध्यक्ष पुष्प भट्राईका अनुसार सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती मावि, इनरुवा ७ को राष्टिय हरि मावि र शारदा आधारभुत विद्यालय, कोशी गाउँपालिकाको शोभनपुर मावि, रामधुनी नगरपालिकाका २ को शिवनगर मावि, रामधुनी ६ को आर्दश मावि बक्लौरी र रामधुनी ४ को भगवती अधारभुत विद्यालय पुरस्कृत भएको हो । जिल्लाका १२ पालिकाका ३३५ विद्यालय मध्ये ३६ विद्यालय पुरस्कृत भएका छन् । विद्यालयमा संचालन भएको किताव कुना कार्यक्रमको प्रयोग, त्यसमा बालबालिकाको पहुच, शिक्षकहरुको चासो र प्रधानाध्यापमको भुमिका सहित व्यावस्थापन गरेको उत्कृष्टताको आधारमा पुरस्कृत गरीएको हो । त्यसैगरी गढी गाउँपालिकाको गढदेव अधराभूत विद्यालय, श्री माध्यमिक विद्यालय छिटाहा, श्री जनता अधारभूत विद्यालय सत्तेरझोरा, धरान उपमहानगरपालिकाको पब्लिक माध्यमिक विद्यालय, शहीद स्मृति विद्यालय र कालीका अधारभूत विद्यालय, भोक्राहा नरसिंह गाउँपालिकाको जनता मावि भोक्राहा, आर्दश अधारभूत विद्यालय नरसिंह र श्री अधारभूत विद्यालय भोक्राहा, हरिनगर गाउँपालिकाको जनता मावि गौतमपुर सहित ३६ विद्यालयका प्रधानाध्यापकलाई एकसाथ पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।
सेभ द अर्थ सुनसरीले वल्र्ड बैँकको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा संचालित किताब परियोजना अन्तरगत पुस्तक कुनाको संरक्षणमा ध्यान सहित उत्कृष्ट प्रयोग र व्यावस्थापन गर्दै बालवालिकाको पठन शैलीमा सुधार ल्याउन् योगदान गरेको कदर सहित पुरस्कृत गरेको संस्थाका परियोजना जिल्ला संयोजक धनुष धारी चौधरीले बताउनु्भयो ।
पुरस्कार वितरण कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले विद्यालयको किताव परियोजनामा योगदान गर्ने विद्यालयका प्रधानाध्यापक र विद्यार्थी दुवै बधाईको पात्र भएको बताउनुभयो ।
त्यस्तै युनिस्कोका प्रतिनिधि सत्य नारायण चौधरीले विद्यालयमा कक्षा एक देखी तीनसम्म बाल मैत्री पुस्तक र शैक्षिक सामग्री प्रदान गरेर शैक्षिक गुणस्तरमा किताव परियोजनाले योगदान गरेको बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर खड्काले जिल्लाभरका वालबालिकाको हकहितका लागि किताव कुना, खेलकुद सामग्री र चित्र कथा भएको पुस्तक समेतलाई राम्रो प्रयोग गर्ने विद्यालयलाई पुरस्कृत गरेकोमा विद्यालयलाई बधाई दिनुभयो ।
पुरस्कार वितरण कार्यक्रममा गढी गाउँपलिकाका शिक्षा प्रमुख छवी खड्का, धरान उपमहानगरपालिकाका रत्नबहादुर कटुवाल, भोक्राहा नरसिंहका रमेशचन्द्र अधिकारी, इनरुवा शिक्षा शाखाका गणेश पोखरेल, कोशीका सोमराज ढकाल, संस्थाका परियोजना अधिकृत धनुषधाई चौधरी, वल्र्ड भिजनका तोया अधिकारी, विनय अमात्य, सहितका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष विष्णु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया