पूर्व प्रधानाध्यापक मेहतालाई विदाई र सम्मान – Nagarikabhiyan : National News

पूर्व प्रधानाध्यापक मेहतालाई विदाई र सम्मान

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बवियाको सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक अनिरुद्ध प्रसाद मेहतालाई सेवा निवृत भएपछि विदाई तथा सम्मान गरेको छ । विद्यालयले सेवा निवृत भएको नौ महिनापछि पूर्व प्रअ मेहतालाई सम्मान पत्र, मायाको चिनो सहित प्रदान गरि विदाई गरेको हो । विद्यालयका प्रधानाध्यापक तेज नारायण यादवलाई स्वागत सहित पूर्व प्रअ मेहतालाई विदाई र सम्मान गरिएको विद्यालयका शिक्षक देवकृष्ण यादवले बताए । यादवका अनुसार पूर्व प्रअ मेहता सहित हालै सेवा निवृत भएकी अशोका थापा मगर समेतलाई विदाई सम्मान गरिएको छ । विदाई तथा सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादव, सदस्य गंगाराम खत्वे, शिक्षक प्रतिनिधि रमानन्द मण्डल लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।