धर्मगुरु सिद्धबाबा महिला माथि बलात्कार गरेको आरोपमा पुनः अदालतमा मुद्दा दर्ता
२ चैत्र २०७७, सोमबार १०:३२
काठमाडौं । गत मंसिर २२ गते सिद्धबाबा भनिने कृष्णबहादुर गिरी बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीले शरीर सुम्पेकाले बलात्कार भन्न नमिल्ने भन्दै विवादस्पद फैसला गरे पछि आज पीडित पक्षले पुनःन्याय माग गर्दै पुनः अदालतमा मुद्दा दर्ता गराएको छ ।
धर्मगुरु जस्तो मानसम्मान लिएर महिला माथि बलात्कार गरेको आरोपमा विराटनगर उच्चअदालतमा सिद्धबाबा विरुद्द दर्ता भएको छ । मुद्दा दर्ता भएकै दिन उच्च अदालतले मुद्दाको सक्कल मिसिल झिकाउन सुनसरी जिल्ला अदालतलाई पत्रचार गरेको छ । मिसिल आएपछि मुद्दा प्रक्रियामा जाने जनाएको छ।

सिद्धबाबाले यो सफाइ फैसलाविरुद्ध आफुले चित्त नबुझेको भन्दै आइतबार पुनरावेदन दर्ता गराइएको उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख ज्ञानचन्द्र भुसालले बताए ।
अदालतलाई आर्थिक प्रलोभनमा पारेर गलत व्याख्या गराई सफाइ लिएको पीडित पक्षको आरोप छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया