आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको घुइँचो – Nagarikabhiyan : National News

आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको घुइँचो

काठमाडौं ।  आज शिवरात्रिको दिन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको  घुइँचो छन् । आज  बिहान चार बजे नै पशुपतिका चारवटै ढोका खुल्ला गरिएका थिए ।

 

यस वर्ष ८  लाखभन्दा बढी दर्शनार्थीले मात्र पशुपति दर्शन गर्ने अनुमान गरिएको छ । विगत वर्षमा शिवरात्रिका दिन १० लाखभन्दा बढीले दर्शन गर्ने गरेका थिए । पूजा गर्नका लागि श्रद्धालुहरु झिसमिसेमै लाइनमा बसेका छन्  । लाइनमा बसेका सबैलाई जतिसक्दो छिटो र सहज रुपमा पूजा गर्ने व्यवस्था मिलाइएको छ ।

 

महाशिवरात्री पर्व मनाउन नेपाल र भारतका थुप्रै साधुसन्त र नागाबाबा पशुपति क्षेत्रमा आएका छन्। मन्दिर क्षेत्रमा कुनै पनि खालका अपराध हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।