नेकपा माओवादी केन्द्रको बैठक पेरिसडाँडामा शुरू
२५ फाल्गुन २०७७, मंगलवार १४:४५
काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको एकता नै खारेज गरिदिएपछि जीवित बनेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
बैठकमा पार्टी पुनर्गठन प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो । सर्वोच्चको फैसलासँगै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र व्युँताउने निर्णय गरेका थिए ।
बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा छलफल भइरहेको बताइएको छ । सम्भवतः बैठकले आजै समर्थन फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको ती नेताले बताए ।



फेसबुकबाट तपाईको प्रतिक्रिया