नेपालको हरेक स्थानीय तहमा आइतबारदेखि खोप सुरु, कति उमेर समुहलाई दिदै ?
२० फाल्गुन २०७७, बिहीबार १६:०१
काठमाडौं । नेपालको हरेक स्थानीय तहमा आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म चल्ने भएको छ ।
नेपालका ७७ औं जिल्लामा खोप अभियान, पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएका छन् ।
ध्यान दिने कुरा :
- खोप लगाउने व्यक्तिहरुले उमेर खुल्ने परिचयपत्र राख्नुपर्छ ।
- स्थानीय निकायको सिफारिस लिएर नजिकको स्वास्थ्य चौकीमा जानुपर्छ ।
- कोभिसिल्ड खोपको दुई मात्रा लगाउनु पर्छ । खोपको पहिलो डोज लगाइसकेका व्यक्तिले पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउनुपर्छ ।
नोट : खोप लगाएको ठाउँमा दुख्ने, शरीर दुख्ने, थकाइ लाग्ने जस्ता सामान्य लक्षण देखिने र यस्ता लक्षण केही समयमा ठीक भएर जाने भन्दै ढुक्क भएर खोप लगाउन विज्ञको आग्रह छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया