कोशी माविको समस्या समाधान गर्न माग
१४ फाल्गुन २०७७, शुक्रबार १८:०३
सुनसरीको कोशी गाउँपालिकाका सरोकारवालाहरुले कोशी मावि पश्चिम कुशाहामा योग्य प्रधानाध्यापक सहित भौतिक पूर्वाधार निर्माण, विद्यालय शुसाशन, विधार्थी अनुशासन सहित सुधारको माग गरिएको छ । शुक्रबार जिल्लाको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले आफ्नो कार्यकालमा गरेको काम र जनताको प्रतिकृया लिने उदेश्यका साथ थालेको जनतासंग अध्यक्ष कार्यक्रममा सरोकारबालाहरुले कोशी माविको समस्या समाधान गर्न माग गरेका हुन । अध्यक्ष अंसारीले जनप्रतिनिधिले पछिल्लो समय जनताको घरदैलोमा व्यतित गर्न थालेको एक महिने अभियानमा जनताको सुझावलाई साकारात्मक रुपमा दिएको र आवश्यकताका आधारमा सम्बोधन गर्दै जाने बताउनुभयो । वहाँले गाउँपालिकाले गरेका कामको प्रभाव, जनताको क्रियाप्रतिकृया सहित सन्तुष्टि वा असन्तृष्टि बुझ्न दैलो–दैलोमा पुग्ने क्रममा कोशी माविमा पनि कार्यक्रम गरेको बताउनुभयो । वहाँले ‘जनतासंग अध्यक्ष कार्यक्रम’ लिएर प्रत्येक वडामा पुगेको र जनताको गुनासा प्रत्यक्ष रुपमा सुन्ने काम गरेको बताउनुभयो । वहाँले समूह सहित घरदैलो गरिएका र आएको सूझावलाई सम्बोधन गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा विधार्थीहरुले विद्यालयमा शिक्षकहरुकै बीचमा तालमेल नभएको, नियमित पठानपाठन नगरेको, विधार्थी घट्दै गएको, शिक्षकहरु पढाउने भन्दा गफ मार्ने, मोवाईलमा व्यक्त रहने गरेको गुनासो गर्दै शिक्षकमा सुधारका लागि पहल गरि दिन आग्रह गरेका थिए । अभिभावकहरुले विधालयलाई जनप्रतिनिधिहरुले समेत उपेक्षा गरेको, शैक्षिक गुणस्तरमा ध्यान नदिएको अध्यक्ष नै सोभनपुर माविलाई मात्रै हेरेको र कोशी माविमा ध्यान नदिएको आरोप लगाउदै गाउँपालिकाले आगामी दिनमा सहयोग गर्नुपर्ने, समान रुपमा व्यवहार गरी काम गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
कार्यक्रममा युवा ब्रजेश यादवले विद्यालयको शिक्षक, बिधार्थी र अभिभावक बीचमा तालमेल हुनुपर्ने, विद्यालय व्यवस्थापन समित गठन गर्नुपर्ने, गाउँपालिकाले योग्य शिक्षक र प्रधानाध्यापकका लागि ध्यान दिनेपर्ने सुझाव दिनुभयो ।
विधार्थी दिपकुमारले भन्नुभयो, “आफूहरु निकै समस्या रहेको भएपनि पालिकाले सुनुवाई नगरेको, शिक्षाका लागि बास्ता नगरेको, शैक्षिक वतावरण निर्माण नभएको तर आजकाल शिक्षकहरुले आ आफूहरुले नै गफ गरेर बस्ने गरेको अनुभूति हुँदैछ ।”
विधार्थीहरुले झ्यालढोका, घेराबेरा, छात्रा सौचालय, पंखाँको व्यवस्था, बाहिरका मानिसको आगवन रोक्नुपर्ने, विधार्थीमा समय बाहिर गुठका, गाजाँ, सिकरेट सहित खाने गरेकाले त्यसलाई रोक्न माग गरेका छन् । गाउँपालिकाका कामप्रति धेरैले आफू सन्तुष्टि रहेको जनाइन् ।
सहभागीहरुले राजनीतिक हस्तक्षेप र प्रलोभनका कारणले विधालयको अवस्था नाजुक भएको गुनासो गरेका थिए । सहभागीहरुले समस्याको सामाधान समेत गर्न माग गर्दै अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सामु सुझाव राखेका थिए ।
शिक्षक बद्री प्रसाद यादवले विधालयमा योग्य प्रधानाध्यापकको व्यवस्था गर्नुपर्ने, योग्य शिक्षकहरुलाई पढाउने वतावरण श्रृजना हुनुपर्ने, कक्षा ८ को परीक्षामा सिमब्ल नम्बर समेत उपलब्ध नगराएकोले त्यसको जवाफ दिनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने, अनुगमन प्रभावकारी बनाउनुपर्ने, विधालयको नाममा जग्गा ल्याउनुपर्ने, समिति गठनका लागि पहल गर्नुपर्ने सुझाव दिदै शिक्षाका लागि सहयोग गर्न माग गर्नुभयो । गाउँपालिका सहित सरकारको उपेक्षामा परेको विद्यालयलाई अव पनि सुधार गर्न सहयोग गर्न यादवले सुझाव दिनुभयो । यादवले विद्यालयमा असल प्रसाशक आवश्यक रहेको बताउनुहुदै गापा अध्यक्ष ऐयुव अंसारीले दरबन्दीका शिक्षक सरुवा गरेर राहतका शिक्षक ल्याएको आरेप समेत लगाउनुभयो । कोशी माध्यमिक विद्यालयमा ध्यान नदिएको कारणले शैक्षिक गुणस्तरमा असर रहेको यादवको गुनासो थियो ।
विधार्थी अनुशा साहले विद्यालयमा परीक्षा नदिएको विधार्थी पनि पास भएको विषयमा छानविन गर्नुपर्ने, शिक्षकमा अनुसाशन हुनुपर्ने, कक्षामा कम्तिमा ४० मिनेट समय दिनुपर्ने , शिक्षकहरु गफमा व्यस्त भएकाले त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो । पूर्व शिक्षक विष्णुदेव यादवले विद्यालयमा सबै पक्षको सकारात्मक पहल आश्वकय रहेको बताउनुभयो । विधालय कार्यक्रममा रहेको सहभागीको कुरा सुनेपछि अध्यक्ष अंसारीले भन्नुभयो्,“घरदैलोले आगामी दिनमा गर्नुपर्ने कामलाई थप सहयोग गर्छ ।” अध्यक्ष अंसारीले कार्यक्रममा वडाका चार जना जनप्रतिनिधिहरुलाई भोली देखी नै विहान १० ः १५ बजे र दिउसो पौने ४ बजे दुई पटक अनुमगन गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा कोशी २ का वडा अध्यक्ष द्रोपती साह, सदस्य रामचरण यादव, विष्णुदेव साह सहित प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरी, सामाजिक विकास शाखाका राजकिसोर मेहता, अध्यक्षका स्वकिय सचिव धमेन्द्र विश्वास , शिक्षक रिना मण्डल सहितकाले बोल्नुभएको थियो ।

२, सुनसरीको कोशी गाउँपालिकामा जनतासंग अध्यक्ष कार्यक्रममा सरोकारवालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया