अस्पताल सुधारका लागि वडामा पनि समिति
३ माघ २०७७, शनिबार १४:५७
इनरुवा । इनरुवा अस्पतालमा देखिएको वेथितिलाई सुधार गर्नका लागि र दवाव दिनका लागि वडावडामा पनि सघर्ष समिति गठन गरिएको छ ।
जिल्ला सदरमुकम भएर पनि स्वास्थ्य र शिक्षामा पछाडी परेको भन्दै दिलिपचन्द साहुको नेतृत्वमा बनेको अस्पताल सुधार संघर्ष समितिको क्षेत्रलाई वडामा पनि विस्तार गरिएको छ । वडामा पनि समिति विस्तार गर्ने क्रममा इनरुवा नगरपालिका वार्ड न. ४ मा इनरुवा अस्पताल सुधारको लागी बिद्रोह तयारी स्वरुप सनिबार समिति विस्तार गरिएको हो ।
इनरुवा नगरपालिका वार्ड न.४ मा विद्वान व्यक्तित्वहरुको उपस्थितीमा पूर्वप्रधानाध्यापक सेमन्तराज बारालको संयोजकत्वमा १७ सदस्यीय संघर्ष समिती गठन गरिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया