चिसो बढेपछि विद्यालय बन्द – Nagarikabhiyan : National News

चिसो बढेपछि विद्यालय बन्द

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभर नै केहीदिनयता अत्याधिक चिसोको कारणले जनजीवन प्रभावित भएको छ । तराईमधेसमा केही दिन यतादेखि अत्याधिक चिसो तथा जाडो बढेको कारणले केही विद्यालयहरु समेत बन्द गरिएको छ । जिल्लाको भोक्राहा नर्सिङह गाउँपालिकाका सम्पुर्ण सरकारी तथा निजी विद्यालयहरु माघ ४ आईतबारगते देखि माघ १० गतेसम्म बिदा गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले सूचना जारी गर्नु हुनै एकसत्ताका लागि शक्षिक संस्थाहरु जाडोका कारणले प्रभावित हुने भन्दै विदा दिनुभएको हो । उता सुनसरीको सदरमुकाम इनरुवा सहित जिल्लाभर बढेको चिसोको कारणले जनजीवन प्रभावित भएको छ ।

जिल्लाका अधिकांश भागतमा एकसतायता बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।
चिसो बढेकाले जाडो समेत बढेको स्थानीयहरुले बताएका छन् । अरु दिनको तुलनामा शुक्रबार दिनभर नै बाक्लो हुस्सु लागेकाले यहाँको जनजीवन प्रभावित भएको हो ।

दिनभर नै बाक्लो हुस्सु लागेको र चिसो हावा समेत चलेकाले मानव जनजीवन प्रभावित हुनुका साथै पशुचौपायामा समेत असर परेको छ ।
जिल्लामा चिसो बढेसँगै इनरुवा, इटहरी, दुहवी, लौकही, औरावनी, भाण्टाबारी सहितको बजारमा मानवको चहलपहल कम भएको छ । केही मानिसहरु घर र चोकचोकमा भेला भएर आगो बालेर तापेर बसिरहेका छन् ।